सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

गरिमा विकास बैंक सम्मानित

गरिमा विकास बैंक सम्मानित

९ भदौ, काठमाडौं । द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्डबाट गरिमा विकास बैंक सम्मानित भएको छ।भारतको नयाँ दिल्लीमा भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अर्वाड कार्यक्रममा बैंक सम्मानित भएको हो।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend