बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अर्थमन्त्री पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता

अर्थमन्त्री पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता

६ भदौ , काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित सरकारका चार मन्त्रीविरुद्ध विभिन्न भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

आफूलाई अधिवक्ता युवराज सफल बताउने युवराज पौडेल नाम गरेका व्यक्तिले मन्त्री पौडेलसहित परराष्ट्रमन्त्री आरजु राणा देउवा, उर्जा- जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्‌का र श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारीलाई विपक्षी बनाउदै आयोगको केन्द्रीय कार्यालय , टंगालमा उजुरी  दर्ता गराएका हुन् ।

सफलको उजुरीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि बालुवाटारको ललिता निवासमा रहेको सरकारी जग्गा बदनियतले किनेको, रुपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा लिएको आरोप लगाइएको छ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुरबाट सरकारी जग्गा हिनामिना गरेकोमा छानबिन हुनुपर्ने उनको माग छ। उर्जामन्त्री दिपक खड्‌काले लैनचौरस्थित नेपाल स्काउटको सरकारी जग्गा हिनामिना एवम् दुरुपयोग गरेको र आफै उर्जासँग सम्बद्ध निकायको संचालक समेत भई स्वार्थको द्धन्द्ध हुनेगरी उर्जा मन्त्री भएको , श्रम मन्त्री शरद सिंह भण्डारीले विभिन्न समयमा श्रम मन्त्रालयमा गरेका विवादास्पद कार्यहरु गरेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

“उल्लेखित चारै जना मन्त्रीहरु जनस्तरमै भ्रष्ट भनेर उपनाम पाएका र मन्त्री हुने नैतिक धरातल गुमाई सकेको हुनाले उल्लेखित विपक्षीहरु उपर सम्बन्धीत निकायमा उजुरी गरी कानुनी तवरबाट छानविन गर्दा सत्य तथ्य बाहिर आउने हुँदा त्यसैको लागि यो उजुरी हालेको हुँ”, सफलले उजुरीमा लेखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend