सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

४ भदौ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भन्नु भयो, ुक्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु।ु

उहाँले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाउनु भयो ।

मन्त्री चौधरीले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्‍दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो ।

अब नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,ु उहाँले भन्नु भयो , ुयसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ। यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ।ु

नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठूलो टेवा पुग्‍नेमा उहाँको जोड थियो । टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदैछ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend