सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सन्दीप लामिछाने बृज इन्टरनेशनल कन्सलटेन्सीका ‘ब्राण्ड एम्बासेडर’

सन्दीप लामिछाने बृज इन्टरनेशनल कन्सलटेन्सीका ‘ब्राण्ड एम्बासेडर’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने  शैक्षिक संस्था बृज इन्टरनेशनलको ‘ब्राण्ड एम्बासेडर’मा नियुक्त भएका छन् । सोमबार (३ साउन ) नक्सालस्थित होटेल हिल्टनमा आयोजना गरिएको कार्यक्रममा  नेपाली  क्रिकेटका लोकप्रिय अनुहार  सन्दीपलाई  बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडरमा  नियुक्त गरिएको हो।

समारोहमा  बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् ।

सन्दीपले सम्झौता पछि बोल्दै  बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।
‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।

यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए ।

उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।`सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुग्नेछ,´ गिरीले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend