बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

टोखामा उत्पादन हुने चाकुको प्रवर्द्धनमा सरकारले सहयोग गर्नेछ: स्वास्थ्यमन्त्री पौडेल

टोखामा उत्पादन हुने चाकुको प्रवर्द्धनमा सरकारले सहयोग गर्नेछ: स्वास्थ्यमन्त्री पौडेल

३१ साउन , काठमाडौं । टोखा क्षेत्रमा उत्पादन हुने परम्परागत चाकुलाई गुणस्तर मापदण्ड पुरा गराएर अन्तर्राष्ट्रिय पहिचान दिलाउनुपर्ने सरोकारवालाले बताएका छन् । टोखा परम्परागत चाकु संरक्षण समाजले बिहीवार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल , टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी सहितले टोखा नगरपालिकामा उत्पादन हुने चाकुको प्रवर्द्धनमा जोड दिएका हुन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले टोखामा उत्पादन हुने चाकुलाई गुणस्तर मापदण्ड पुरा गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले ऐतिहासिक रूपमा टोखाको पहिचान रहिआएको उखु उत्पादन र चाकुको उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नको लागि आफुले सरोकारवालासंग मिलेर पहल गरिरहेको जानकारी पनि दिए। अहिलेको तरिका र परिणामको उत्पादनले गुणस्तर कायम गर्न सम्भव नदेखिएकाले उत्पादन प्रक्रियामा परिमार्जन गर्न आवश्यक रहेको बताए। यसमा सरकारले मन्त्रीस्तरीय निर्णयबाट सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चाकु उत्पादन तथा  प्रवर्द्धनलाई पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेर काम गरिरहेको बताए । चाकु उत्पादनको नगर भनेर पहिचान दिने काममा नगरपालिका लागेको उनले बताए। कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, प्रशासन  अधिकृत  शेर बहादुर बिसि   लगायतले मन्तव्य राखेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend