बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतीय विदेश सचिव मिश्री आज नेपाल भ्रमणमा आउँदै

भारतीय विदेश सचिव मिश्री आज नेपाल भ्रमणमा आउँदै

२७ साउन ,काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ  । परराष्ट मन्त्रालय स्रोतअनुसार भ्रमणका क्रममा विदेश सचिव मिश्रीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ । परराष्ट्र सचिव सेवा लम्सालसँग उहाँको द्विपक्षीय कुराकानी हुनेछ । मिश्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिश्री विदेश सचिव बन्नुभएको थियो। उहाँले यसअघि भुटानको भ्रमण गरिसक्नुभएको छ । विदेश सचिवमा बढुवा हुनुअघि मिश्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्थ्यो  ।

विदेश सचिव  मिश्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उहाँले सन् २०१९-२०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend