२१ साउन, काठमाडौं ।देशभर रहेका लेखा परीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) ले आफनो १९ औँ स्थापना दिवस मनाएको छ । शनिबार काठमाडौंमा स्थापना दिवस मनाएको हो ।
उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले अहिले देखिएको आर्थिक सङ्कट अस्थायी रहेको र क्रमशः सुधार हुँदै आइरहेको बताए । जसका लागि अडिटर्सहरूको भूमिका महत्त्वपूर्ण हुने पनि उनले बताए ।
लेखापरीकहरूलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरू ल्याउन लागेको उल्लेख गरे । सुशासनको महत्त्वपूर्ण कुरा लेखा परीक्षणसँग जोडिएको बताउँदै उनले एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भूमिका रहेको बताए ।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए । अडानको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए ।
मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको भन्दै उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend