काठमाडौं । सुपर माउन्ट एभरेस्ट यातायात प्रा.लि. ले वातावरण मैत्री विद्युतीय माइक्रोबसहरु सन्चालन ल्याएको छ। काठमाडौ उपत्यका भित्र विभिन्न रुटमा संचालन हुने २५ वटा विद्युतीय सवारीको शनिबार (१९ साउन ) विशेष कार्यक्रमबीच सेवा शुभारम्भ गरिएको हो।

उक्त समुदघाटन कार्यक्रममा सुपर माउन्ट एभरेस्ट यातायात प्रा.लि.का अध्यक्ष तथा युवा व्यवसायी सुवन गिरीले वातावरणमैत्री विद्युतीय बसको सन्चालनले वातावरणमा हुने प्रदुषण कम हुनुका साथै विद्युतिय सवारी प्रवर्द्धन गर्ने राज्यको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सिजि मोटर्सले विद्युतीय सवारीसाधनको प्रयोगमा लिएको अग्रसरता प्रसंशनिय रहेको र आफ्नो कम्पनीले सिजि मोटर्सको बसहरु प्रयोग गर्दा प्राविधिक सहयोग , पाटपुर्जा , चार्जिङ् स्टेशन लगायतमा सजिलो पर्ने बताए।
समारोहमा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले यातायात क्षेत्रमा व्यवसायीहरुको १० खर्व लगानी र १५ हजार बढीको रोजगारी रहेकोमा राज्यले संवेदनशिल रुपले लिनुपर्ने बताए । उनले विद्युतीय बसको संचालन समयसापेक्ष कदम भएको बताउदै हरेक नेपालीले आफुले गर्ने काम जिम्मेवार र इमान्दारीपूर्वक गरेमा मात्र समाजमा व्याप्त भ्रष्टाचार र निरासा हटाउन सकिने बताए।
समुद्घाटन समारोहमा संघीय सांसद सीता मिजार, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर लगायतले शुभकामना मन्तव्य दिएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend