काठमाडौं । च:मति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हालै आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गर्यो । काठमाडौं महानगरपालिकाका पुर्वप्रमुख विद्यासुन्दर शाक्यको आतिथ्य र संस्थाकी अध्यक्ष मन्दिरा महर्जनको अध्यक्षतामा भदौ ९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सदस्यहरुलाई लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

स्थानीय समुदायमा आधारित भएर संचालित हुँदै आएको च:मति बहुउद्देश्यीय सहकारी देशकै उत्कृष्ट र नमुना सहकारीको रूपमा रहिआएको छ। सहकारीले हरेक वर्ष नाफा हासिल गरी सदस्यहरुलाई लाभांश वितरण गर्दै आएको छ। स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा पनि यस सहकारीको प्रसंशनिय योगदान रहदैआएको छ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।सभाले वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणहरु पनि पारित गरेको छ।
त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।
समिक्षा आर्थिक वर्षमा आफ्ना १०५१ सदस्यहरुबाट रु. ३ करोड १४ लाख ३९ हजार शेयरपूँजि रहेको संस्थाले यस अवधिमा रु. ३३ करोड ७२ लाख २५ हजार ४ सय ८१ निक्षेप संकलन गरि रु.२ करोड ६६ लाख १३ हजार ४ सय ३२ कुल नाफा आर्जन गरेको जनाएको छ।
साधारणसभामा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारकर्तालाई सम्मान र पुरस्कृत गरियो। सदस्यहरुको विश्वासलाई कदर र आत्मसात गर्दै सहकारीलाई अझ दिगो र दरिलो बनाउने प्रतिबद्धता अध्यक्ष महर्जनले व्यक्त गरिन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend