शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मणिपुर बचत तथा ऋण सहकारीको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न

मणिपुर बचत तथा ऋण सहकारीको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । मणिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिमल कुमार निरौलाको अध्यक्षतामा भदौ ९ गते शनिबार पुरानोवानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा साधारणसभा आयोजना गरिएको हो।

सदस्यहरुसङ्ग अन्तर्क्रिया सहित सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणहरु पारित गरेको छ।

त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।

समिक्षा आर्थिक वर्षमा आफ्ना सदस्यहरुबाट रु. ३ करोड ६ लाख ६९ हजार ४ सय शेयरपूँजि रहेको संस्थाले यस अवधिमा रु. १२ करोड १ लाख ३७ हजार ६ सय ३० निक्षेप संकलन गरि रु. ७२ लाख ४५ हजार नाफा आर्जन गरेको जनाएको छ। आगामी वर्ष संस्थाले कुल चुक्ता पूजी वृद्धि गरि रु.३,२०,००,०००/- पुर्याउने लक्ष्य राखेको छ।

संस्थाका कार्यकारी प्रमुख झलक प्रसाद सुवेदीले आर्थिक मन्दी र अन्य अप्ठ्यारो परिस्थितिमा पनि सदस्यहरुको विश्वास र सहकारी संचालनमा एेन , नियमको पालना गरिएको कारण संकट सामना गर्न सकेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend