काठमाडौं । गायक तथा सर्जक मोतिराज खनाल र जिवन बाबु श्रेष्ठको “क्या राम्री पुतली” तिजगीत बजारमा आएको छ । मोतिराज खनाल अफिसियल युटुवबाट बजारमा आएको हो।
गायक खनालकै शब्द तथा संगित रहेको गीतमा पुरुष तर्फ गायक मोतिराज खनाल र महिला गायिका तर्फ पुर्णकला बिसी र गीता पराजुलीले गीतलाइ मिठास पुर्ण तरिकाले प्रस्तुत गरेका छन ।
छाडा र उत्ताउला गीतले तिजलाइ नै खल्लो बनाइरहेको बेला खनालले भने तिजको झल्को मेटिने गरी गाऊ घरमा आमा , हजुरआमा हरुले घन्काउने लोक भाकालाइ टपक्क टिपेर निकै रमाइला चुड्का बनाएर अतन्त रमाइलो तिजगीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । म्युजिक भिडियोमा बब्बु थापा र अनु शाहले डान्स गर्दा गीत झनै रोमाञ्चक बनेको छ ।
जिवन शाहीको निर्देशन तथा कोरियोग्राफर रहेको छ भने सिनेमाटोग्राफर दुर्गा पौडेलले गरेका हुन । एरेन्ज भुवन प्रकाश ब्राइलीको हो । यो गीत परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतका सर्जक तथा गायक मोतिराज खनालका लोक भाकाहरु बजारमा दर्जनौ आइसकेका छन । गीत संगित क्षत्रका होनहार ब्याक्तित्व खनाल लोक संगित क्षत्रमा कोशेढुङ्गा साबित भएका छन । यो क्षत्रको लागी इटा थप्ने काम गरेका छन ।
यसअघि खनालका बजारमा आएका गीत मध्य जुनि जुनी सङ्गै बाचौला , ऋण बढेर दोब्बर भैसक्यो , लालीगुराँस फुल्यो मायालु , सङगै सुते लाग्छ गोडामा , सधै तमसा , यो सन्देश पठाइदेउ मेरी सानीलाइ , जम्काभेट , के जमाना आयो , पैसाको बिटो , मामा घर , छोरी माइती , आउ बस आडैमा , मिर्मिजालैमा लगायत तमाम गीत आइसकेका छन । गीतको अलावा खनाल टेली सिरियलमा पनी आवद्ध छन , काउकुती , आलु , छिमेकी हुदै अहिले बाह्रमासे सिरियलमा खनाललाइ देख्न सकिन्छ । गीत कलाकारिता क्षत्रमा निरन्तर लागेका खनालको मन्जरी डिजिटल रेकर्डिङ स्टुडियो पनि सथिहरु सङ्ग मिलेर चलाएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend