बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ मा, आवेदन फाराम भर्ने मिति नै तोकियो

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ मा, आवेदन फाराम भर्ने मिति नै तोकियो

फाइल तस्बिर

खबरब्रेकिंग,काठमाडौँ साउन ३१ ,गते । कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ।

बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन्। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend