काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका अध्यक्ष सिद्दार्थ महान्तिले कम्पनीले अबकाे वर्ष सेयरधनीलाई आकर्षक लाभांश प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कर्पोरेशनकाे साउन १७ गते, बुधबार सम्पन्न बीसाैँ वार्षिक साधारण सभामा उनले सो कुरा बताएका हुन । कम्पनीकाे साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल, नक्साल र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन गरिएकाे थियाे ।

सिद्दार्थ महान्तिकाे अध्यक्षतामा सम्पन्न भएकाे सभाबाट साधारण प्रस्ताव अन्तर्गत वार्षिक प्रतिवेदन २०७७/०७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८ / ०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
यसका साथै, सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०: ३० अनुपातलाई परिवर्तन गरी ६५:३५ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने र कम्पनीको प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, आदि) ले आवश्यक सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले आजकाे एजीएममा लगानीकर्ताहरूकाे हात खाली बनाएकाे थियाे । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियाे । त्यसैले लगानीकर्ताहरूकाे हात रित्तै भएकाे थियाे । कम्पनीले अबकाे वर्ष भने सेयरधनीलाई आकर्षक लाभांश खुवाउने प्रतिवद्धता व्यक्त गरेकाे छ ।
साधारण सभामा बाेलेका सेयरधनीहरूकाे अभिव्यक्ति र प्रश्नावलीहरूकाे जवाफ दिने क्रममा भर्चुअल माध्यमबाट सभामा सहभागी भएका अध्यक्ष सिद्दार्थ महान्तिले अबकाे वर्ष भने सेयरधनीलाई आकर्षक लाभांश खुवाउने आश्वासन दिएका हुन् ।
त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे हकप्रद प्रक्रिया पनि ढिलाे नगरी किन सबै काम दीपावली भन्दा अगाडि नै सेयरधनीहरूलेे भर्न मिल्ने अवस्था सिजृना गरिने आश्वासन पनि कम्पनीले दिएकाे छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend