बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन

 

काठमाडौं, २५ साउन । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा। उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निर्देशक÷लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा। उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको थियो ।

उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताउनुभयो । उहाँले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गर्नुभयो ।

यस्तै, स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’का बदमासीका बारेमा पनि उल्लेख गरेको बताउनुभयो । गीतकार देवकोटाले डा। उपाध्यायको मूल लेखन गीत नै भएपनि उहाँका लगातार उपन्यास पनि पाठकमाझ आइरहेको र डा।उपाध्याय वहुप्रतिभाका धनी रहेको धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि विशिष्टि कलाकार निरौलाले डा। उपाध्यायका कर्महरूको प्रशंसा गर्दै उहाँको लेखन कार्य अझ मौलाउदै जाओस् भन्दै उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गर्नुभयो ।

स्रष्टा उपध्यायले लेख्दै जदा १४औं उपन्यास पाठकमाझ आइपुगेको बताउँदै नयाँ उपन्यासको तयारीमा पनि आफू रहेको जानकारी गराउनुभयो । डा। उपाध्यायले भन्नुभयो, ‘बाल्यकालदेखि वृद्धावस्थासम्म जानी नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछन् । केही कसुरका लागि उसले सामान्यदेखि गम्भीर प्रकृतिका सजाय पाउने गर्छन भने केहीमा समाजले नजर अन्दाजसमेत गरिदिन्छ । तर, कुनै कसुर यस्ता हुन्छन् जसबाट जिन्दगीभर पश्चातपको आहालमा डुब्नुबाहेक अर्को विकल्प हुन्न । आधुनिक पुस्तामा महत्वकांक्षाको प्रवाह अत्यन्त तीव्र छ । यसलाई नियन्त्रित राख्दै प्रतिस्पर्धा गर्नेहरू जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्छन् । तर, चूक गर्नेहरूका सारा उपलब्धि एउटा गल्ती खेल खत्तममा परिणत हुन्छ’, यस्तै यस्तै सेरोफेरोमा यो उपन्यास रहेको छ । उहाँले भन्नुभयो, ‘कसुरले निश्चित रुपमा तपाईंको मन(मस्तिष्कमा मेरो प्रयासप्रति गहिरो स्नेहको बिरुवा रोप्ने आशा एवं विश्वास लिएको छ ।’

कार्यक्रमका अन्य अतिथिले डा। उपाध्यायलाई १४औं उपन्यास कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यासमा हाम्रो सामाजिक परिवेश, समाजमा घटने घटनाक्रम, माया प्रेम, दाजुभाईको ममता, घात अन्र्तघातका साथै सामाजिक सन्देश प्रस्तुत गरिएको बताएका थिए । नारायणप्रसाद भण्डारीको भाषाविन्यास रहेको यो कृतिलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हो । ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा।लि। वितरक रहेको १७२ पृष्ठको उपन्यास कसुरलाई पैँतीस खण्डमा विभाजन गरिएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा गीत, संगीत, चलचित्र, सहित्य र सञ्चारक्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गीतसंगीत तथा विविध बाट डा। उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गर्नुभएको छ । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा। उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा। उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोतारदर्शकमाझ छन् । यस्तै, उहाँका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend