बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन

 

काठमाडौं, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ।

बुधबार एक सूचना जारी गर्दै एसइईको नतिजा साउन ११ मा प्रकाशित भएको र विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखेको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

शैक्षिक सत्र २०७९/८० का लागि कक्षा ११ का विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय(क्याम्पसहरुले फरक फरक भर्ना तालिका छोटो समयको मात्र म्याद राखी सूचना प्रकाशन भएको हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाका सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ सूचनामा भनिएको छ।

सबै विद्यालय क्याम्पसले एसईईको नतिजा प्रकाशित भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म भर्ना लिने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend