नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु निर्वाचित भएका छन् । राजधानीमा भएको छैठौँ राष्ट्रिय अधिवेशनबाट धुलिखेल नगरपालिका मेयर व्याञ्जुको अध्यक्षता ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भए । साथै अधिवेशनबाट उपाध्यक्षमा बेलकोगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्विरोध भएकी छिन । त्यस्तै महासचिमा निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुंगाना चयन भएका छन ।
निर्वाचन समितिका अनुसार उपमहासचिवमा जनकपुरधाम उप महानगरपालिका लाल किशोर साह, कोषाध्यक्षमा घोराही नगरपालिकाका घनश्याम पाण्ड, सह कोषाध्यक्षमा काठमाडौँ महानगरपालिकाकी श्री हरिप्रभा खड्गी चयन भएकी छिन । त्यस्तै सदस्यहरूमा गिता कुमारी पौडेल, सिमा कुमारी क्षेत्री, अन्जु दहित, मन्जु भण्डारी (सुवेदी), ज्ञानेन्द्र सुवेदी, कल्पना राई, वेद नारायण गच्छेदार निर्वाचित भएका छन । शिव प्रसाद ढकाल, रमेश कुमार यादव, योगेन्द्र पजियार, रगिला कुमारी जैशवाल, कृष्ण प्रसाद पौडेल, रिता कुमारी साह, खड्ग वहादुर खत्री, अमान सिंह तामाङ, उद्धव प्रसाद खरेल, महेश खरेल निर्वाचित भएका छन ।
यस्तै पदम पाणी शर्मा, जनक राज पौडेल, रमेश कुमार पाण्डे, पूर्ण के.सी. ,रम्भा कुँवर, सञ्जु कुमारी चौधरी, अशोक कुमार शाही, सूर्य बहादुर शाही, गोर्ख बहादुर के.सी., दन्ता नेपाली, देव कुमार सुवेदी, डा. धवल शम्शेर ज.व.रा., अजय कुमार गुप्ता, नृप बहादुर वड, अशोक कुमार चन्द, मञ्जु मलासी निर्विरोध निर्वाचित भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend