– सुमन नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आम नेपाली जो दुर दराजमा रहेका छन् । जसलाई दुई छाक खानकैलागि धौधौ छ अझ भनौ नाना, खाना र छानाकै चिन्ताले हरदम सताउँछ । छोराछोरीलाई उचित शिक्षा दिने पिरलो सधै हुन्छ । उनीहरुले अब दुःखका दिन धेरै भोग्न नपर्ला कि भन्ने आशामा रहेको पाईन्छ । न त उनीहरुलाई यो या त्यो पक्षको मतलब छ या सरकारलाई कसरी बदनाम गराउ र असफलाताको ट्याग लगाउनमा ध्याउन्न छ, सर्वसाधारण नेपाली चाहन्छन् “समृद्ध नेपाल” ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने बेला होस् वा नाकाबन्दीको डटेर सामाना गर्न या त तराई केन्द्रित दलका नाजायज मागका विपक्षमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भुमिका र राष्ट्रियताका सवालमा देखाएको प्रष्ट अडानले आम नेपालीको मन जितेको जगजाहेर छ । जसको फलस्वरुप स्थानीय तहको निर्वाचनमा दुई ठुला दलको गठबन्धनलाई चिरेर जनताको साथ पाएको तत्कालिन एमाले सबैभन्दा ठुलो दल भयो । संघिय र प्रदेश सभा निर्वाचनमा ओलीको सुझबुझपूर्ण निर्णयले नै पार्टी एकताको लक्ष्यसहित तत्कालिन माओवादी केन्द्रलगायतको वामगठबन्धन बन्यो र नतिजा सबैको सामु छ ।
विभिन्न शंका उपशंका बिचपनि आज पार्टी एकता भई नेकपा बनिसकेको अवस्था छ । अब नेकपा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन, मिसनलाई कार्यक्रम, परियोजना बनाई “समृद्ध नेपाल, सुखी नेपाली” का लागि सरकारका मन्त्री हुन् या स्थानीय तहका जनप्रतिनिधी या त नेकपाका नेता कार्यकर्ता, नेपाललाई माया गर्ने नागरिक अगुवा वा सर्वसाधारण सबै मिलेर लाग्न जरुरी छ । ओली सरकार सफल हुँदा सारा नेपालीको जित हुन्छ भने यदि अन्यथा भएमा त्यसको अपजस के ओलीलाई मात्र जाला त ? कि नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलन किनारा तिर लाग्न सक्छ ? बेलैमा जिम्मेवार नेता कार्यकर्ताले बुझ्न आवश्यक देखिन्छ ।
आज स्थानीय तहका जनप्रतिनिधिहरु पार्टीसँग समन्वय नगरी जंगबहादुर शैलीमा चलेको बताईन्छ । उनीहरुको यो शैली नसच्चिने हो भने सम्बन्धित व्यक्तिको राजनीतिक भविश्यमा पूर्णविराम त लाग्ला नै तर त्यतिले मात्र विषयको समाप्ति हुदैन संगठनले भोली भोग्ने क्षति त छदैछ तर जनताको विश्वाश र भरोशा टुट्ने छ मुलकुरा नेपालीको समुद्धिको चाहना अधुरो हुनसक्छ ।
अब नकारात्मक सम्भावनाको कुरा नगरौ, केही कमी कमजोरी भएका भए आत्मालोचना गर्दै सबै जनप्रतिनिधिलाई संगठनले लगाम लगाउदै नेपालको आर्थिक समृद्धि र विकासमा एकजुट भएर लाग्न आवश्यक छ ।
अहिलेको तात्तात्तो बहस नेकपाको संगठन एकताका सन्दर्भमा यता तेताको कुरा नगरी क्रियाशिलता, योगदान र क्षमताका आधारमा नेतृत्व दिंदा हुन्छ किनकि यो अन्तरिम व्यवस्था हो भोलि अधिवेशन महाधिवेशन हुँदा कार्यकर्ताले उचित मुल्यांकन गर्ने नै छन् ।
निश्कर्षमा चुरो कुरा चाहिं आजको मुलभुत आवश्यकता भनेको मुल नेतृत्वलाई आ(आफ्नो ठाउँबाट पुरा सहयोग गर्न जरुरी छ । जसले राजनेता केपी शर्मा ओली लाई मात्र जस जाने छैन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबै नेता कार्यकर्तालाई भविश्यमा इतिहासले मुल्यांकन गर्ने नै छ । विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको नाम स्वर्णिम अक्षरमा लेखिनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend