सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकीकरणको असन्तुष्टि सम्बोधन गर्न भट्टराईको यस्तो आयो नयाँ प्रस्ताव

एकीकरणको असन्तुष्टि सम्बोधन गर्न भट्टराईको यस्तो आयो नयाँ प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला कमिटीको अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका छन । नेकपाको प्रदेश, जिल्ला र जनसंगठन एकीकरण कार्यदलको सिफारिशलाई लिएर पूर्वएमालेमा असन्तुष्टि चुलिँदै गएका वेला भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका हुन । ‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔँ । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ । उपाध्यक्ष पनि जनप्रतिनिधि भए सचिवलाई र सचिव पनि जनप्रतिनिधि भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिका साथ वरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔँ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend