सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारी कर्मचारीकै मिलेमतोमा ठुला निर्माण कम्पनीलाई ठेक्काः ‘प्रचण्ड’

सरकारी कर्मचारीकै मिलेमतोमा ठुला निर्माण कम्पनीलाई ठेक्काः ‘प्रचण्ड’

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको दावी गरेका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औ साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले कर्मचारीतन्त्रमा रहेको निहित स्वार्थ तोड्नु पर्ने आवश्यकता भएको बताए । ठूला ठूला निमार्ण व्यवसायीहरुले एकाधिकार जमाएको उनको भनाई छ । भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने, ‘हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ । उनले व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि नआउने बताए । कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend