प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नुको कुनै औचित्य नभएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई अहिले आलोचना गर्नु समय सान्दर्भिक नभएको बताए । ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको समेत जानकारी दिर्दै यस्ता विषयमा राजनिती नगर्ने आग्रह गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend