नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रामेछापको दोरम्बा आएका छन् । दोरम्बा स्मृति दिवसको अवसर पारेर आएका प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।
नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए ।
कार्यक्रममा दोरम्बा घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रचण्डले सम्मानसमेत गरेका थिए । २०६० साल साउन ३२ गते युद्धविराम भएको बेला तत्कालीन राज्य पक्षले माओवादी पार्टीको बैठक भइरहेको स्थानमा घेरा हाली २ जनाको घटनास्थलमा नै र १९ जनालाई घटनास्थलबाट १ घण्टा टाढा लगि गोली हानी हत्या गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend