सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

घुससहित यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर पक्राउ

घुससहित यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर पक्राउ

सरकारी कर्मचारी काम भन्दा कमाई धन्धामा लागेको समाचार बारम्बार आउने गर्छ । जनताले तिरेको करबाट उनीहरुले तलव भत्ता खाए पनि जनतालाई नै दुख दिएको पाइन्छ । सरकारी कर्मचारीले सेवाग्राहीबाट घुस माग्ने क्रम बढदो छ । त्यसैले नै होला पछिल्लो समयमा आउदा उनीहरु घुस सहित सङगेहात प्रक्राउ पर्ने क्रम जारी छ । यस्तै २० हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेका साह मेकानिकल इन्जिनियर हुन्। उनले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिएका थिए । पक्राउ परेका साहलाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ । यातायात कार्यालय सर्र्वािधक घुस लेनदेन हुने कार्यालयका रुपमा बदनाम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend