उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गरी ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले आयोजना गरेको एक दिने मेला भव्यताको साथ सम्पन्न भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा भएको मेलामा विद्यार्थीहरुले उल्लेख्य रुपमा सहभागिता रहेको थियो । फेयरमा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
फेयरमा सहभागि भएका विद्यार्थी तथा अभिभावकले अमेरिका र अष्ट्रेलिया तथा अमेरिकाका कलेज प्रतिनिधि सँग प्रत्यक्ष संवाद मार्फत आफुजाने देश अध्ययन गर्ने कलेजको विषयमा पत्यक्ष रुपमा जान्न पाउँदा निकै खुसी भएको बताए । यस्तै कलेजका प्रतिनिधीहरु पनि विद्यार्थीहरुको सहभागिता बाट सन्तुष्ट रहेको बताए । मेलमा विशेष गरी आइटी,नर्सिङ,विजिनेश जस्ता क्षेत्रमा विद्यार्थीहरुले रुची देखाएको मेलाका संयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष तथा शैक्षिक मेला संयोजक बुद्धि प्रसाद रेग्मीले जानकारी दिए ।
४ सय भन्दा बढी विद्यार्थी सहभागि भएको मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमता अनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट निशुल्क परामर्श सेवा लिएका छन् ।
मेलामा अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका “द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिर्भ्सिटी, चाल्र्स डार्बिन युनिर्भ्सिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्बन्धन प्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यु इरा इन्सिच्युट” लगायतका कलेजको सहभागिता रहेको थियो ।
त्यस्तै मेलामा अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेजहरु “कंकर्ड युनिर्भ्सिटी, नोभा साउथइस्टर्न युनिर्भ्सिटी, मर्निङ साइड कलेज, युनिर्भ्सिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनर्भ्सिटी” को सहभागिता रहेको थियो । मेलामा आफ्ना शैक्षिक प्रमाण सहित सहभागिता जनाएका विद्यार्थीहरुले मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागी भिषा प्रक्रियाको सुरुवात गर्ने अवसर पाप्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend