सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले पानी जहाज र रेलका कुरा गर्दा के अपराध भयोः परराष्ट्रमन्त्री ज्ञवाली

सरकारले पानी जहाज र रेलका कुरा गर्दा के अपराध भयोः परराष्ट्रमन्त्री ज्ञवाली

राष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारको प्रमुख प्राथमिकता सुशासन र विकास भएको बताएका छन् । राजधानीमा सम्बाद क्लव नेपालको पन्ध्र्रौ बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गदै यस्तो कुरा बताएका हुन् । सरकारले बिकासको कुरा गर्दा केही पार्टीले बिरोध गरेको भन्दै त्यसको कुनै औचित्य नभएको स्पष्ट पारे ।

सरकारले रेल र पानी जहाज चलाउने कुरा गर्दा प्रधानमन्त्रीलाई व्यग्य गदैै केही व्यक्रिले सडकमा जमेको पानीमा कागजको डुङगा छोड्दिने गरेको भन्दै सरकारले विकासका कुरा गर्दा के अपराध भयो भन्दै प्रश्न गरे । परराष्ट्र मन्त्री ज्ञवालीले देशमा संचार माध्यमको तीब्र गतीका बिकास भए पनि मिडियाबाट दुरुपयोग भएको समेत आरोप लगाए । पछिल्लो समयमा आउ‘दा मिडियाले डोजरले जस्तै कुनै लाई माथि उठाउने र कुनैलाई तलझाने काम गर्ने गरेको भन्दै केही मिडिया माथि असन्तुष्टी जनाए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले क्लवलाई शुभकामना दिदै बर्तमान सरकार जनताको जनजिवीकाको कुरा भन्दा हावादारी कुरामा बढी केन्द्रीत भएको आरोप लगाए । पूर्वउपप्रधान मन्त्री समेत रहेका मैनालीले बर्तमान सरकारले पानी जहाज र रेलका कुरा गरेर जनताको ऑखामा छारो हाल्ने काम गरेको आरोप लगाए ।

नेपाली कांग्रेका केन्द्रीय सदश्य नारायण खड्काले पनि बर्तमान सरकारको बिरोध गरे । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तीले सरकार तानाशाहीको बाटो हिडेको आरोप लगाए । कुनै सरकारको दुई तिहाई बहुमत भयो भन्दै जे त्यही काम गर्न नपाईने भन्दै सरकारको काम प्रति असन्तुष्टी जनाए । कार्यक्रम सम्वाद क्लवका अध्यक्ष रामप्रसाद गैरेको सभापतीत्वमा समापन भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend