सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वप्रधानमन्त्री भट्टराईले भने,कतारमा मेनपावर मार्फत कामदार पठाउन बन्द गरौ

पूर्वप्रधानमन्त्री भट्टराईले भने,कतारमा मेनपावर मार्फत कामदार पठाउन बन्द गरौ

नेपाली कामदार संग धेरै रकम उठाउने गरेको भन्दै सरकारले मलेशिया रोजगारीको लागी जान बन्द गरेको छ । सरकारले मलेशिया लगायत खाडीका केही मुलुकमा जी टु जी मार्फत नेपाली कामदार पठाउने तयारी गरेकोे चर्चा छ । यसै बिच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतारमा मेनपावर कम्पनीहरुमार्फत कामदारहरु नपठाउन सुझाव दिएको बताईएको छ ।नेपाली कामदारमाथि भइरहेको ठगीलाई रोक्न दुबै देशका सरकारवीच सम्झौता गरेर जीटुजी मार्फत नेपाली कामदार पठाउनुपर्ने डा. भट्टराईको भनाई छ । युरोपको भ्रमण सकेर नेपाल र्फकने क्रममा कतार विमानस्थलमा नेपाली कामदारहरुसँग आफूले कुराकानी गरेको डा. भट्टराईले बताए । यस्तै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि कतारमा जीटुजीमार्फत नै कामदारहरु पठाउने गृहकार्य सुरु  गरेको  बाहिर चर्चा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend