सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

अब नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

नेपाली सेनाको नेतृत्व आजबाट परिर्वतन भएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल सकिन एक महिना बँकि रहँदा विदामा बस्ने प्रवधान अनुरुप उनी विदामा बस्ने भएपछि आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका हुन् ।प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् ।विक्रम संवत् २०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा २०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend