सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जाजरकोटमा पहिरोले एकै परिवारका चार जनाको ज्यान लग्यो

जाजरकोटमा पहिरोले एकै परिवारका चार जनाको ज्यान लग्यो

देशका बिभिन्न ठाउमा पानी   परिरहेको   छ । पानी परे संगै कतै बाटो अवरोध त कतै पहिरोले ठुलो क्षती पुरयाएको छ । यस्तै जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । स्थानीय तीर्थ बोहराको घर भत्किँदा उनको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, दुई छोरा र एक छोरीको मृत्यु भएको हो। लोहारलाई भने जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend