सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

९० प्रतिशत चिकित्सक शहरमा बस्ने गरेको स्वास्थ्य मन्त्रीको खुलासा

९० प्रतिशत चिकित्सक शहरमा बस्ने गरेको स्वास्थ्य मन्त्रीको खुलासा

नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताएका छन् । जनकपुर अञ्चल अस्पतालद्वारा आयोजित छलफल कार्यक्रममा उनले चिकित्सकहरू काठमाडौँ केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनु पर्ने बताए ।

विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा नपरेको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले संघीय संरचनाअनुरूपको आधारभूत स्वास्थ्य नीतिले विगतका गल्ती र प्रवृत्तिमा सुधार ल्याउने बताए । ८० प्रतिशत जनता गाउँमा वस्ने तर ९० प्रतिशत चिकित्सक शहरमा बस्ने अवस्थाले पनि स्वास्थ्य सेवा जनस्तरमा पुग्न नसकेको उनको भनाई छ ।

मन्त्री यादवले चिकित्सकहरूले आफ्नो जन्म थलो, क्षेत्र, जिल्लामा सेवा गर्ने वातावरण निर्माण गरिने बताए । आगामी दिनमा प्रदेश सरकार मात्र केन्द्रमा निर्भर रहने प्रवृत्ति त्याग्नु आवश्यक छ भन्दै उहाँले जनकपुर अस्पतालको सेवा विस्तार सन्दर्भमा एउटै परिसरमा नरही शंकायअनुरूपको विस्तारका लागि विभिन्न स्थानमा जग्गाको व्यवस्थापन र छनौट गर्नुपर्नेमा जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend