नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दावी गरेका छन् । संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल नामको अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । साथै प्रचण्डले बाँकी उपलब्धीको लागि आफनो संघर्ष जारी रहेको पनि बताए । प्रचण्डले लडाइँ नटुंगिएको भन्दै बाकी उपब्धी प्राप्त गर्ने आफनो लडाई जारी रहेको पनि स्पष्ट पारे ।
सबाल बाहुन क्षेत्री र जाति–जनजाति नभएको भन्दै सवाल दृष्टिकोण र विचार भएको भन्दै अध्यक्ष प्रचण्डल आफुलाई पुष्पकमल दाहाल भन्दा पनि प्रचण्ड नाम मन पर्ने समेत बताए । तर यहाँको उपल्लो वर्गले मलाई सधैं पुष्पकमल दाहाल नै बनाउन मरिहत्ते गरेको समेत खुलासा गरे । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend