सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वै.रो संघले धरौटी रकम ६ करोड बनाए मेनपावरको लाइसेन्स सरकारलाई सुम्पिने

वै.रो संघले धरौटी रकम ६ करोड बनाए मेनपावरको लाइसेन्स सरकारलाई सुम्पिने

वैदेशिक रोजगार व्यवसायी संघले सरकारले मेनपावर कम्पनीको धरौटी रकम ६ करोड बनाए अनिश्चित कालिन रुपमा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । राजधानीमा संघले बृहत व्यवसायी भेला आयोजना गर्दै सरकारले एकलौटी रुपमा धरौटी बढाउने कुरा आफुहरुलाई मान्य नहुने बताएको छ ।

बिभिन्न एन जिओ र आईएन जिओको प्रभावमा मेनवावरको भारी धरौटी रकम बढाउन खोजिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । अध्यक्ष गुरुङले श्रम मन्त्री बिष्टले वैदेशिक रोजगार संग सम्बधित निर्णय गर्दा व्यवसायीलाई नसमेटने गरेको भन्दै दुख व्यक्त गरे ।

देशको अर्थतन्त्र चलाए मान बनाउन वैदेशिक रोजगार व्यवसायीहरुको ठुलो योगदान रहदै आएको भन्दै मन्त्रीको कदम प्रति आक्रोष पोखे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले सरकारको धरौटी बढाउने कदमले सच्चा व्यवसायी पाखा लाग्ने अवस्था आउने र नय“ा माफियाहरुको यस व्यवसायमा प्रवेश हुने दावी गरे ।

पूर्वअध्यक्ष ढकालले मन्त्री बिष्टको यो उल्टो हिडाईले आफुलाई नै घात गर्ने भन्दै एक तर्फी रुपमा अगाडी नबढन आग्रह गरे । बरिष्ठ वैदेशिक   रोजगार व्यवसायी किरण किशोर घिमिरे, सरोज कुमार पोखरेल, प्रज्ञान न्यौपाने लगायत बिभिन्न व्यवसायीहरुले धरौटी बढाउने सरकारको कदम प्रति खुलेर बिरोध गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend