शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विभिन्न पार्टी परित्याग गरी सयौं युवा एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी सयौं युवा एमालेमा प्रवेश

 

 

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी बूढानीलकण्ठ ११ को कार्यक्रममा १०३ जना युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन । उनीहरुलाई नेकपा एमाले केन्द्रीय विदेश विभाग प्रमुख डा राजन भट्टराईले खादा ओढाई सम्मान सहित पार्टी प्रवेश गराएका हुन ।

नेकपा एमाले बूढानीलकण्ठ ११ द्वारा आयोजित युवा भेलामा डा भट्टराईले नेकपा एमालेका वर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली युवा संघको संस्थापक अध्यक्ष रहेको बताउँदै पार्टीमा इमान्दारीपूर्वक काम गर्दा देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने सम्भावना सबै युवाहरुमा रहेको बताउँदै परिवारवाद भन्दा बाहिर युवाहरुलाई अवसर दिने पार्टी नेकपा एमाले नै भएको ठोकुवा गरेका छन् ।

बूढानीलकण्ठ ११ निवासी सरोज तामाङको नेतृत्वमा ३३, विश्व तामाङको नेतृत्वमा ३०, पासाङ शेर्पाको नेतृत्वमा २० र अन्य २० गरी १०३ जनाको समूहले एमाले प्रवेश गरेको पार्टी वडा अध्यक्ष कृष्ण भट्टराईले  जानकारी गराए ।

युवा भेलाले राजु पौडेलको अध्यक्षतामा मिलन लामा उपाध्यक्ष र सचिवमा हरिप्रसाद सिग्देल रहेको १५१ सदस्यीय युवा संघको वडा कमिटी गठन गरेको छ ।

पार्टी वडा सचिव अङ्गुर पौडेलको संचालन र पार्टी वडा अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण राई, नगरप्रमुख उद्धवप्रसाद खरेल, उप–प्रमुख रमादेवी राई, पार्टी जिल्ला कार्यालय सचिव विदुर विक्रम खड्का, सचिवालय सदस्यहरु मिठाराम अधिकारी, संगम गहतराज, वडाध्यक्ष तथा वडा ईन्चार्ज राजु अधिकारी, युवा ईन्चार्ज नवराज भट्टराई, बूनपा १२ का अध्यक्ष शम्भु भट्टराई लगायत युवा संघको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend