शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नवराज लम्साल नाम एकः परिचय अनेक

नवराज लम्साल नाम एकः परिचय अनेक

 

 

काठमाण्डौ । स्व गणेश प्रसाद लम्साल र खीला लक्ष्मी लम्सालको जेष्ठ पुत्रको रूपमा २०३६ सालमा जन्मिएका नवराज लम्साल एउटा सफल युवाको रूपमा चिर परिचित छन । त्रिचन्द्र क्याम्पस बाट समाज शास्त्रमा प्रथम श्रेणीमा र केन्द्रीय क्याम्पस किर्तिपुरबाट प्रथम श्रेणीमा नेपाली साहित्यमा स्नातकोत्तर गरेका उनको विभिन्न परिचय स्थापित गराउन सफल छन् ।
वर्तमान नेपाली समाजलाई सकारात्मक रूपान्तरण मार्फत बिश्वको नमुना देश बनाउन युवाहरूको चौतर्फि हस्तक्षेप हुनुपर्छ भनेर साहित्य, पत्रकारिता, धार्मिक अभियान, व्यावसाय र राजनीति सबैतिर हात हालेका लम्साल बिशेश गरेर आफूलाई राजनितिज्ञको रूपमा चिनाउन चाहन्छन् । नेपाली राजनितीमा स्व (कृष्णप्रसाद भट्टराई, स्व( सुशील कोइराला र महन्थ ठाकुरलाई आदर्श मान्ने यिनी पछिल्लो समय महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय नेताको भुमिकामा छन् । हिमाल, पहाड, मधेस तराईको गरिव जनताको भावनाको प्रतिनिधित्व गर्ने सक्ने त्यागी र सबैले पत्याएको समकालीन राजनिती मा महन्थ ठाकुर बराबरको नेता छैन भन्ने यिनको बिस्वास छ । पछिल्लो समय रूपन्देही जिल्ला लाई कार्यक्षेत्र बनाएर राजनीति गतिविधि गरिरहेका यिनको राजनीतिक गुरु सर्बेन्द्रनाथ शुक्ला हुन । शुक्लालाई यिनी भिजिनरि नेताको रूपमा विश्लेषण गर्छन् ।

 

राजनीति संगै पत्रकारितामा पाहिला चालेका यिनी आरती साप्ताहिक पत्रिकामा लामो समय देखि सम्पादकको भुमिकामा छन भने युगान्तर खवर डट कम नामक अनलाइन पत्रिकाको प्रधानसम्पादक समेत हुन । विभिन्न बिषयमा कलम चलाउन सक्ने लम्साल कविता र नेपाली चोका हाईकु साहित्यमा जमेका छन ।
जापनिज वाका बाट नेपाली साहित्यलाई टेको दिन भित्र्याईएको हाईकु बिधा जस्तै शुत्रात्मक बिधा नै चोका बिधा भनेर परिभाषित गर्ने यिनले यहि बिधामा शुत्रात्मक महाकाव्य सुनिधिको बकपत्र चोका महाकाव्य लेखिरहेका छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेको कबिताहरूको संग्रह  पथ्थरमा फूलेको फूलू र ू गोलघर प्रेरणा ू फुटकर कविता संग्रह बजारमा आउने अन्तिम तयारीमा छ ।
नेपाल पूर्विय दर्शनको स्रोतको रूपमा स्थापित हुनुपर्छ र विश्व को एक मात्रै हिन्दु मुलुकको रूपमा भएको पहिचान खोसिएकोमा यिनलाई चित्त बुझेको छैन त्यसकारण धर्म सापेक्ष मुलुक बन्नुपर्छ भन्ने अभियान यिनले चलाएका छन् । बिगतमा बिश्व हिन्दु महासंघको प्रवक्ताको जिम्मेवारी समालेका यिनी पछिल्लो समय बिश्व हिन्दु एकता मञ्चको केन्द्रीय अध्यक्ष भएर धार्मिक गतिविधि समेत संचालन गरिरहेका छन् । समय निकालेर विभिन्न ठाउँमा प्रमुख भागवत बाचकको रूपमा ठुला( ठुला महायज्ञ गरेर उठेको दान दातव्यबाट पुस्तकालय, किरियापुत्रि भवन समेत निमार्ण गरिरहेका छन । यिनी आफू पूर्विय सभ्यता संरक्षणको नेतृत्व गर्ने अभियानको अभियानकर्ता हुन पाएकोमा गर्व गर्छन् ।

 

पछिल्लो समय धर्म र राजनीति मा स्वखलित भएकोमा यिनी चिन्तित छन । भन्छन राजनीति पेशाको रूपमा नभएर सेवाको रूपमा अगाडि बढाउनको लागि नेतृत्व लिने मान्छेले व्यावसायिकतामा हात हाल्नुपर्छ । राजनीति भात भान्सा चलाउने माध्यम बन्नु हुदैन नेताको अतिरिक्त कमाउने व्यावसाय भयो भने घुस खादैन र राजनीति स्वच्छ हुन्छ भन्ने यिनको मत छ । नेपाल जस्तो देशलाई संमृद्द बनाउन कृषिको आधुनिकीकरण नै हो भन्ने बुझाई छ । जल, जमिन जंगलको सहि सदुपयोग गरेर मुलुकमा बिकासको नयाँ युगको शुत्रपात गर्नुपर्छ भन्ने लम्साल पछिल्लो समय उदयमान कृषि व्यावसायीको रूपमा समेत स्थापित छन । बागमती प्रदेशमा नै नमुना को रूपमा ख्याति कमाएको अलैंची खेतीको सुरूवात यिनले गरेका हुन । यिनी नेपाल एग्रो फाम हाउसको संचालक हुन जस्ले विभिन्न ठाउँमा ८०० भन्दा बढि रोपनी जग्गामा अलैंची खेति गरेका छन् । नेपाल एग्रो फाम हाउस, खानीखोला बहुउद्देश्यीय कृषि, निर्विका कृषि अनुसन्धान केन्द्र लगायतबाट चिया, ड्राईगन, अलैंची लगायतको खेती गरिरहेका छन् ।

 

 

अर्घाखाँचीको कल्पना पाण्डे संग बैवाहिक जिवनमा बाँधिएको यिनले शिक्षण पेशामा रहेको कल्पना पाण्डेलाई राजनीतिमा ल्याएर छोटो समयमा नै लुम्बिनी प्रदेशको संसद र निर्वतमान उद्योग वन तथा बाताबरण मन्त्री समेत बनाईसकेका छन् । भर्खरै कोभिड सिलको खोपको कारण जिविएस भएर हस्पिटल बाट डिस्चार्ज भएकी पूर्वमन्त्री कल्पना पाण्डे लम्सालको शिघ्रस्वास्थलाभको कामना सहित समकालीन युवाहरूको बिचमा यो जोडी सफल जोडिको रूपमा चिरपरिचित छन् ।
राजनीति, साहित्य, धर्म, पत्रकारिता र व्यावसायिकता सबैमा उत्तिकै पहिचान स्थापित गरेर युवाहरूको रोलमोडल बन्न सफल नवराज लम्सालको आज भाद्र ( १५ गते जन्म दिन हो । यिनलाई अझ सफलताको चुचुरो मा पुग्न सफल होस भन्दै दीर्घ जिवनको लाखौंलाख शुभकामना दिन चाहन्छौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend