फाइल तस्वीर
काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक बस्दै छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम सुरु भएको छ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धनका दलहरुले पाउने मन्त्रालय लगायतका विषयमा टुंगो लगाउने गठबन्धनको तयारी रहेको छ।
गठबन्धनमा नेपाली कांग्रेस, नकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend