शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाललाई योगेश भट्टराईले  फर्काए  मुखै भरीको जवाफ

माधव नेपाललाई योगेश भट्टराईले  फर्काए  मुखै भरीको जवाफ

फाइल तस्बिर

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै एकताबद्ध भएका दोस्रो पुस्ताका नेताहरूलाई आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन तयार रहेको अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले मुखै भरीको जवाफ फर्काएका छन्।

नेता भट्टराई पनि एमालेमा लामो समय नेपाल समूहमा रहेका नेता हुन्। तर अध्यक्ष केपी शर्मा ओलीसँगको मनमुटावका कारण नेता नेपालले एमाले विभाजन गरी नयाँ पार्टी खोले पनि भट्टराईसहित उनी पक्षका भनिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नेता एमालेमै रहेका हुन्।

उनीहरूलाई नै लक्ष्य गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार सार्वजनिक मन्तव्य दिने क्रममा आफ्नो पार्टीमा आए आफू अध्यक्ष पद छाडेर नेतृत्व सुम्पिन तयार रहेको बताएका थिए। यसैको जवाफमा एमाले नेता योगेश भट्टराईले उनलाई कटाक्ष गरेका हुन्।

‘राम्रो कुरा हो, स्वागत गर्दछु,’ नेता भट्टराईले शनिबारै सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘आफैँसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend