शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री देउवा र प्रचण्डबीच भयो यस्तो छलफल

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री देउवा र प्रचण्डबीच भयो यस्तो छलफल

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए ।

लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend