शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आयोगले नेपाल र ठाकुरको पार्टी दर्ताको जानकारी संसद् सचिवालयलाई पठायो

आयोगले नेपाल र ठाकुरको पार्टी दर्ताको जानकारी संसद् सचिवालयलाई पठायो

 

 

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल (लोसपा) दर्ता भएको जानकारी निर्वाचन आयोगले संसद् सचिवालयलाई  गराएको छ ।

आयोगले बुधबार दर्ता भएका माधव कुमार नेपालको नेतृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई आज जानकारी दिएको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा ९एमाले० र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएका थिए ।

एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले बुधबार आयोगमा हस्ताक्षरसहित सनाखत गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend