शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

संसद्‌मा विचाराधीन एमसीसी पारित गर्ने की नगर्ने ? यसो भन्छन् माधव नेपाल

संसद्‌मा विचाराधीन एमसीसी पारित गर्ने की नगर्ने ? यसो भन्छन् माधव नेपाल

 

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने की नगर्ने भन्ने बिवाद चलिरहेका बेला परिमार्जनसहित पारित हुनुपर्ने बताएका छन।

नेकपा (एकीकृत समाजवादी) ले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले भने, ‘एमसीसी मुलुकको हितमा हुनुपर्छ र, परिमार्जन गरेर राष्ट्रिय हित अनुकुल भएपछि पारित गर्नुपर्छ। कुनैपनि रणनितिक योजनाको अंग बनाइनुहुँदैन।’ तत्कालीन नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार एमसीसी अगाडि बढाउनुपर्ने उनको भनाई छ।

सोही कार्यक्रममा आफ्नो पार्टी छिट्टै सरकारमा जाने भन्दै पाँच दलीय गठबन्धन अघि बढ्ने बताए। नेपालले भने, ‘हामी केहि दिनमै सरकारमा समावेश हुन्छौं। गठबन्धन अब अगाडि बढ्छ।’

उनले पार्टीको राष्ट्रिय सम्मेलन छिट्टै हुने समेत बताए। नेता नेपालले भने, नेपाली जनता र राष्ट्रका लागि नयाँ यात्र सुरु गर्दैछौं। नेकपा एमाले, मालेका संस्थापक हौं हामी। ’नेपालले आफ्नो पार्टी क्रान्तिकारी संस्थाकारयुक्त पार्टी हुने बताए। नेता नेपालले भने, ‘पार्टीले मार्क्सवाद, लेनिनवादप्रति समर्पित हुनेछ र जनताको बहुदलिय जनवाद आत्साथ गर्नेछ। समाजवादको यात्रामा दृढताका साथ अघि बढ्नेछौं।’

उनले नयाँ गठन भएको पार्टी जनताप्रति सदैव समर्पित हुने भन्दै निजि हित र स्वार्थको निम्ति कहिलै प्रयोग नहुने बताए। उनले भने, ‘यो पार्टी कुसंस्कारीहरुको झुण्ड हुने छैन। नेतको प्रशंसामा जम्मा भएको भजनमण्डली हुनेछैन। कसैका फोटाहरु मञ्चन गरिनेछैनन्।’ उनले जनताको आन्दोलनलाई अघि बढाउने पर्यत्न गर्ने बताए। संविधानको रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन कटिबद्ध भएर लाग्ने भन्दै नेता नेपालले राष्ट्रियताका सन्दर्भमा कसैसँग सम्झौता नगरिने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनीमा परिणत गर्न थालेपछि बाध्यताले नयाँ पार्टी गठन गरेको दाबी गरे । पार्टी फुट्नुको मुख्य कारण पार्टी अध्यक्ष केपी ओलीनै भएको आरोप लगाए  ।

‘पार्टीलाई संस्थागत रुपमा चलाउने काम गर्नुभएन। पार्टीमा भेदभाव गर्न थाल्नुभयो। कार्यकर्तामाथि अन्याय गर्न थाल्नुभयो। प्रत्येक कार्यकर्ताहरु उहाँप्रति समर्पित हुनुपर्ने भयो। व्यक्तिप्रति समर्पण खोज्नुभयो।’ नेपालले भने,‘पार्टीभित्र उकुसमुकुस छाएपछि नयाँ ढंगले जाने संकल्प गरेका हौं।’ उनले आन्दोलनप्रति समर्पण भन्दापनि उहाँको प्रशंसा गर्नेहरुलाई मात्रै ओलीले महत्व दिएको बताए। उनले भने,‘यसले सिंगो पार्टी पंक्तिमा निरासा छायो। पार्टीपनि गतिशिल भएन। कमिटीका बैठकहरु नबस्ने स्थिती बन्यो। पार्टी निजी कम्पनी बन्यो। ’

उनले ओलीप्रति लक्षित हुँदै भने,‘उहाँमा व्यक्तिवाद हाबी भयो। क्रान्तिकारी नेताहरुलाई धमाधम कारबाही गर्न थाल्नुभयो। दक्षिणपन्थी भासमा फस्नुभयो। त्यहि भएर हामिले क्रान्तिकारी निर्णय गर्न बाध्य भयौं।’ अन्तिमसम्म साथ दिएर छोडेका भीम रावलसहितका नेताप्रति लक्षित गर्दै नेता नेपालले हिम्मत नभएकाहरु थन्किने र अरुबाट लतारिने बताए।

उनले आगामि चुनावपछि पाँच वर्षमात्रै सक्रिय राजनितिमा रहने घोषणा गरे। पत्रकारहरुको जिज्ञासामा नेता नेपालले आफूले आजिवन राजनीति नगर्ने र युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताए। उनले भने,‘जिन्दगिभर बुढो हुँदासम्म लौरो टेकेर पदमा बसिरहने मेरो चाहना छैन।’ नेता नेपालले नेता कार्यकर्ताहरुलाई नयाँ क्रान्तिकारी धारमा आबद्ध हुन अपिल समेत गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend