सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

माधब -झलनाथको बिद्रोहले हल्लियो एमालेको जग, देशभरी उथलपुथल

माधब -झलनाथको बिद्रोहले हल्लियो एमालेको जग, देशभरी उथलपुथल

 

डा डिआर उपाध्याय,

एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन ।

प्रदेश एकको सरकार  पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन ।

माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम हो यो ।

केपी ओलीले तीनपटक एकताका लागि वार्ताको नाटक गरे । तर त्यो सफल भएन । माधब नेपाल बिनाको एकता नाटक हो । तेस्रो धारका नेता राखेर पाटी एकताको नाटक गरे ओलीले त्यसको कुनै अर्थ छैन ।

यसपटक ओलीको जालझेलको बल्छीमा तेस्रो धारका नेताहरू परेका छन । एमालेको विभाजन नेताहरूको आपसी टक्कर मात्र नभएर अरु कुरा पनि छन । ओलीको दम्भ र अहंकार नै प्रमुख कारण हो ।

उनको हैकम सहन नसकेर माधब झलनाथले बिद्रोह गरे । अबका दिनमा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने बिश्लेषकको दाबी रहदै आएको छ ।

नेपाली राजनीतिमा विभाजित दलको अवस्था सदैव दयनीय रहेको छ । दल नै विभाजित भई २०५६ सालमा निर्वाचनमा गएको एमाले वा छिन्नभिन्न भएर दोस्रो संविधानसभा निर्वाचनमा गएको माओवादी होस् सबैले पराजय नै भोगे । ओली एमालेको गुमेको ताज निकट भविष्यमा फर्कने कुनै सम्भावना छैन ।

मिश्रित निर्वाचन पद्धतिका कारण कुनै एक दलको बहुमत यसै पनि आउँदैन । यस्तोमा गठबन्धन निर्माणमा जो बलियो हुन्छ, उसैले बाजी मार्छ । संविधान, संघीय शासन र लोकतन्त्रलाई नै पाखा लगाउन तयार ओलीको एमाले संग राष्ट्रिय दलहरू कोही पनि सहकार्य गर्न तयार हुने अवस्था देखिँदैन ।

ओलीको हैकमविरुद्ध विद्रोह गरेर बनेको नेकपा एकिकृत समाजवादीको भविष्य पनि चुनौतीपूर्ण नै छ । अतः जब नेपाल–खनालले विद्रोहको झन्डा बोके, स्वतःस्फूर्त ढंगले देशव्यापी रूपमा एमालेका समानान्तर जिल्ला कमिटी बने । जनवर्गीय संगठनका राष्ट्रव्यापी रूपमा समानान्तर सञ्जाल बने । त्यसमा नेता कार्यकर्ताको उत्साहपूर्ण संलग्नता पनि देखियो । माधब झलनाथको बिद्रोहले
एमालेको जग हल्लिएको छ , देशभरी उथलपुथल हुने देखिन्छ ।

यसले राष्ट्रिय पार्टी खडा हुनेछ ।यतिवेला नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ । सत्तामा वाम–लोकतान्त्रिक पक्ष आसीन छ भने ओली एमालेको नेतृत्वमा राप्रपालगायत दक्षिणपन्थी पुरातनवादी शक्ति प्रतिपक्षमा छन् । यो अवस्थामा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने देखिन्छ । अझ यसमा जनता समाजवादी पार्टीको शक्तिसमेत थपिँदा यो एउटा सशक्त मोर्चा बन्ने स्पष्ट देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend