काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने भएको छ ।
निर्वाचन आयोगले दिएको प्रमाणपत्रमा सो पार्टीको केन्द्रीय कार्यालय रहने ठेगाना नयाँ बानेश्वर भनिएको छ ।
समाजवादी पार्टीका एक नेताले बानेश्वर आसपासमै केन्द्रीय कार्यालय रहने जानकारी दिए ।बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । निर्वाचन आयोगमा सो पार्टीको दर्ता नम्बर १६६ रहेको छ । माधव नेपालको पार्टीले मान्यता पाएसँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend