काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो ।
महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ । पार्टीलाई साइकल चिन्ह दिइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend