शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उपेन्द्र यादव भन्छन्– ओलीको टाँङमुनि छिरेकाहरू पार्टीबाट छुट्टिए

उपेन्द्र यादव भन्छन्– ओलीको टाँङमुनि छिरेकाहरू पार्टीबाट छुट्टिए

 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीको टाँङमुनि छिरेकाहरूु पार्टीबाट छुट्टिएको टिप्पणी गरेका छन । पार्टी फुटेको नभइ ओली प्रतिगमनका मतियारहरूु मात्रै छुट्टिएको बताएका हुन ।

जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।

‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए। हिजो पनि उनीहरूको दाउ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ,’ यादवले भने।

अध्यक्ष यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै नै सरकारमा सहभागी हुने पनि बताए।

‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको अजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं,’ यादवले भने।

अध्यक्ष यादवले ओलीको इसारामा लाग्दा अहिले महन्थ ठाकुरसहित उनी पक्षमा लागेकाहरूको बेहाल भएको टिप्पणी गरे।

महन्थलाई प्रधानमन्त्री बनाउँछु भनेपछि मानेका थिए । कांग्रेस पनि सकारात्मक थियो । त्यो सम्भव थियो । तर महन्थ हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागे, यादवले भने, ‘अरुको इशारामा ओलीपथमा लाग्दा आज बेहाल भयो। आज निर्वाचन आयोगमा गुट दर्ता गर्न पुगेका ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नु भ्रम सिवाय अरु होइन।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend