काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले १४ सांसदले सनाखत गरिसकेको बताएका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका नेता महतोले १४ सांसदले सनाखत गरिसकेको बताएका हुन् ।
त्यस्तै उनले नयाँ पार्टी दर्ता भएपछि सरकारमा जानेबारे कुनै पनि निर्णय भइनसकेको बताए ।
नेता महतोले सरकारबाट आफूलाई अहिलेसम्म कुनै सरकारमा जाने प्रस्ताव नआएको र यस विषयमा छलफल नभएको समेत बताए। त्यस्तै १७ साविकका कार्यकारी सदस्यले पनि सनाखत गरिसकेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend