शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले विभाजन गर्न मैले उकासेको होईन, दल विभाजन गर्नु गम्भीर गलतः रावल

एमाले विभाजन गर्न मैले उकासेको होईन, दल विभाजन गर्नु गम्भीर गलतः रावल

 

 

 

काठमाडौं । नेकपा एमाले का उपाध्यक्ष डा भीम बहादुर रावलले आफू एकताको पक्षधर नेता नभएकोले आफूले माधव नेपाललाई धोका दिएको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

उनले आफूले माधव नेपाललाई धोका दिएको भनेर गरिएको चर्चामा कुनै सत्यता नभएको जिकिर गरे । उनले माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको नेकपा  (एकीकृत समाजवादी) को विधान आफूले नलेखेको पनि स्पष्ट पारे ।

उनले आफूले एमाले विभाजन गर्नको लागि माधव नेपाललाई नउकासेको पनि जिकिर गरे । उनले माधव नेपालहरु आ आफ्नो स्वार्थमा लागेको पनि आरोप लगाए । उनले दल विभाजन गर्नु गम्भीर गलत भएको भन्दै यसमा आफ्नो कुनै सहमति नभएको जिकिर गरे । उनले आफूले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगरेको पनि स्पष्ट पारे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend