काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुने भएको छ । बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।
स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend