शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवा सरकार अस्थिरताकै निम्ति गठन भएको पूर्वमन्त्री साहको आरोप

देउवा सरकार अस्थिरताकै निम्ति गठन भएको पूर्वमन्त्री साहको आरोप

 

 

रौतहट । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन नेतृत्वको सरकार देशमा अस्थिरता निम्त्याउनकै लागि काम गरिरहेको आरोप लगाएका छन ।

साहको संसदीय विकास कोषबाट रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन प्रवेशद्वार निरीक्षणको क्रममा गृहजिल्ला रौतहट पुगेका साहले सरकारले सत्ताको दम्भमा राज्य आतंक मच्चाइरहेको बताए । निर्वाचनले मुलुकलाई निकास दिने भएकाले सो नभएपछि फेरि देशमा अस्थिरता, लुटतन्त्र र भ्रष्टाचार नै मौलाएको साहको भनाइ थियो।

साहले आफुहरु एमालेमा आएको नभई त्यो बेलाको नेकपाको नेकपा एमालेको हिस्सा र माओवादीको हिस्सा एक ठाउँमा एकीकृत भएको बताउँदै माओवादी छाडेर एमालेमा आएको भनेर नबुझ्न आग्रह समेत गरे ।

उनले सरकार बनेदेखि नै जनतामा सरकारी आतंक बढिरहेको भन्दै काँग्रेसी गठबन्धनको सरकारले जनतालाई तर्साउने, आतंकित गर्ने कृयाकलापहरु गरिरहेकोमा त्यसलाई रोक्न माग गरे । सो प्रवेशद्वारसँगै धन्सार जंगलसैया(कटहरिया सडक पनि रणनैतिक सडक अन्तरगत चाँडै नै कालोपत्रे हुने साहले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend