शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

के पठाए मोदीले‍ सन्देश ? प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

के पठाए मोदीले‍ सन्देश ? प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

 

काठमाडौ‌‌ । प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले‍ पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ट्विटरमार्फत चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचको सम्बन्धलाई थब बलियो बनाउने सहमति भएको जनाएका छन् ।

भाजपाको विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल रहँदा उनले विभिन्न दलका शीर्ष नेतारहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend