काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको धारणा व्यक्त गरेका छन् ।
माधव नेपाल छाडेको ८ जना सांसदहरूको भेलामा सहभागी भएका रावलले फोनमा संवाद भइरहेको बताउँदै यस्तो ब्रिफिङ गरेका हुन्।
रावललगायत केही नेपाललाई ‘छाडेका स्थायी कमिटी नेताहरुले भेटवार्ताका लागि समय लिएका थिए ।एमाले एकता पक्षमा रहेका भीम रावल सहितका नेताहरू अन्तिम अवस्थामा आएर एमाले छोड्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले फोन गरेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुरा गर्न चाहेको बताएका थिए । तर ओलीले भेट नदिएको उनीहरुले बताए ।
हामीले भेटेरै कुरा गर्छौं भनेपछि अध्यक्ष ओलीले अहिले समय छैन भन्नुभयो’ ‘तटस्थ बसेका एक स्थायी कमिटी सदस्यले भने, त्यसो भए कहिले समय हुन्छ त भनेर सोध्यौं । उहाँले जे भन्ने हो फोनमै भन्नुस्, अहिले भेट्ने समय छैन भन्नुभयो ।”
स्रोतका अनुसार ओलीलाई रावलले फोन गरेका थिए । करीब १५ मिनेट भएको कुराकानीमा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावललगायतका नेताहरू निराश बनेका हुन् ।
उनीहरूले पार्टी विभाजन हुन नहुने भन्दै एकताको प्रक्रिया जारी राखेको बताएका छन् । यसअघि असार २७ गते भएको दश बुँदेको कार्यान्वयन र १४ सांसदमाथि गरिएको कारवाही फिर्ता गर्नुपर्ने ती नेताहरूको अडान छ ।
तर अध्यक्ष ओलीले १४ सांसदलाई गरिएको कारवाही फिर्ता नलिने अडान लिएका छन् भने दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत देखाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend