काठमाडौँ । एमाले संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङले माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेतासँग छलफल चलिरहेको बताएका छन्।
एमाले स्थायी कमिटी सदस्य नेम्वाङले आफूहरू निरन्तर औपचारिक र अनौपचारिक छलफलमा रहेको दलका उपनेता नेम्वाङ बताए।
ठ्याक्कै यस्तै भइरहेको छ भनेर त भन्न सक्दिनँ। तर हाम्रो छलफल सकारात्मक भइरहेको छ, नेम्वाङले भने, नियमित कुराकानी भएकोले कुनै निश्कर्षमा पुग्न सकिन्छकि, भन्ने आशा छ।
माधव नेपालसँग नयाँ पार्टी गठनमा सहभागि नभएका एमाले नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समय दिएका छन्।
शुक्रबारको बैठकमा अधिकांश नेताले ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपालले गठन गरेको पार्टीमा जाने अवस्था आउने चेतावनी दिएका थिए।
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएका नेतालाई सनाखतको लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ।
नेपाललाई साथ नदिएका नेताले १० बुँदेलाई अक्षरस पालना गर्न ओलीसँग माग गरेका छन्। त्यस्तै नेपालसहितका १४ सांसदलाई सांसदबाट हटाउन गरिएको सिफारिस फिर्ता लिनसमेत नेताहरूले आग्रह गरेका छन्। यस्तै नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हट्न माधव नेपाललाई समेत उनीहरूले आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend