शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

 

 

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् । देउवा विगतदेखि नै प्रधानमन्त्री देउवाको सहयोगीका रुपमा कार्यरत थिए ।

देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव थिए । प्रधानमन्त्रीको सल्लाहकार नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने बताइएको छ ।

निर्वाचन आयोगबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी सनाखत नभइसकेकाले मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । नेपाल पक्षलाई दिइने मन्त्रालयको टुंगो लागिसकेको भए पनि पार्टीले वैधानिकता पाइनसकेकाले सरकार विस्तार हुन ढिलाइ भइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend