शुक्रबार, कार्तिक १४ २०८३

शुक्रबार, कार्तिक १४ २०८३

‘कम्युनिस्ट असफल भए, कांग्रेसले वुद्धि पुर्‍याएर काम गर्नुपर्छः खतिवडा

‘कम्युनिस्ट असफल भए, कांग्रेसले वुद्धि पुर्‍याएर काम गर्नुपर्छः खतिवडा

 

 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कम्युनिस्टहरू असफल भएपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको बताएका छन् ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ नेपाली कांग्रेस गाउँ कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले ५ वर्षभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर शेरबहादुर देउवा र पशुपतिनाथलाई समेत थाहा नरहेको बताए ।

‘ उनले भने, ‘दुईतिहाइको सरकार गएर कांग्रेसको नेतृत्वमा सरकार आउँछ भनेर शेरबहादुर देउवालाई थाहा थिएन । पशुपतिनाथलाई पनि थाहा थिएन । ‘कम्युनिस्ट असफल भएका कारण नेतृत्व आएको छ । कांग्रेसले वुद्धि पुर्‍याएर काम गर्नुपर्छ ।’

‘निर्वाचनका बेला नेकपाले जित्यो भने देशले कोल्टे फेर्छ भनेर प्रचार गरियो । नेकपाले जितेको साढे तीन वर्षमा नेकपाले देश उत्तानो परेर लड्ने अवस्थामा सिर्जना भयो’, उनले भने ।

‘नेकपामा योगदान गरेकाहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । ओलीले गुटलाई संरक्षण गरेका कारण ओली सरकार पतनको बाटोमा गयो । कांग्रेसले यसबाट पाठ सिक्नुपर्छ’, उनले भने, ‘राम्रो काम गर्नेलाई अवसर दिनुपर्छ । हामीमा पनि गणेश प्रवृत्ति छ । मेरो विरोधीले राम्रो काम गरेको छ भने त्यसलाई ठाउँ दिनुपर्छ ।’

खतिवडाले भने, ‘कांग्रेसको बिकल्पमा अरु राजनीतिक दलहरू देखिन छाडेका छन् । अब कांग्रेसभन्दा अरुले गर्न सक्दैन भन्ने भएको छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend